कैलाली । कैलालीको जानकी गाउँपालिका वडा नं ४ का दलबहादुर दर्लामी मगर यतिबेला जानकी – ६ स्थित कैलाशेश्वर सामुदायिक वनमा मौरी चराउन व्यस्त हुनुहुन्छ । व्यावसायिक मौरीपालन गर्दै आएका उहाँ मौरीका घार बोकेर सो वनमा जानुभएको हो । छ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आउनुभएका उहाँ मौरीको आहारा खोज्दै कहिले खेतमा त कहिले विभिन्न सामुदायिक वनमा पुग्ने गर्नुहुन्छ । मौरीपालन व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि मौरीका घार ठाउँठाउँ पु¥याउन पनि उहाँलाई कुनै समस्या छैन । “मसँग धेरै मौरी त छैन । व्यवसायलाई विस्तारै बढाउँदै गएको छु ।” उहाँले भन्नुभयो, “मिहेनतअनुसार आम्दानी राम्रो छ । सिजनमा राम्रो आम्दानी हुन्छ । त्यहीँबाट आएको पैसाले घर खर्च, बालबालिकाको पढाइलगायतको सबै खर्च बेहोर्ने गरेको छु ।”
उहाँ मौरीपालन व्यवसायसँगै अन्य कृषि पेसामासमेत जोडिनुभएको छ । उहाँको सबै परिवार नै कृषिमा केन्द्रित छ । “कृषिलाई नै प्राथमिकतामा राखेर काम गर्दै आएका छौँ । राज्यले मौरीलाई पनि कृषिसँग जोडेको छ तर त्यसमा किसानलाई कुनै अनुदान सहयोग अहिलेसम्म पनि भएको छैन ।“ किसान बलबहादुरले भन्नुभयो, “स्थानीय सरकारले पनि सहयोग गरेको छैन । अन्य कृषि क्षेत्रमा अनुदान आउँछ । होउन भने मौरीपालनलाई कृषिसँग जोड्नुभएन ।”
उहाँ मात्रै होइन, पछिल्लो समयमा किसान व्यावसायिक मौरीपालनमा आकर्षित हुन थालेका छन् । जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा किसानले अन्य व्यवसाय गर्दै आएको भए पनि मौरीपालनमा किसान आकर्षित हुन सकेका थिएनन् । विशेष गरी पूर्वी क्षेत्रबाट मौरीपालक किसान तोरी फुल्ने समयमा मौरीका घार बोकेर कैलालीका विभिन्न ठाउँमा आउने गर्छन् । त्यहाँबाट आएका मौरी पालक किसानबाटै मौरीपालनमा आकर्षित भएको पाइन्छ । कतिपय किसानले व्यावसायिकरुपमा काम सुरु गरेका छन् भने कतिपयले भर्खरै मौरी पालन व्यवसाय सुरु पनि गरेका छन् । बजारीकरणको समस्या नभएका कारण पनि किसानहरू मौरीपालन व्यवसायमा आकर्षित भएको पाइन्छ । किसानले अहिले उत्पादन भएको मौरीको मह प्रतिकेजी रु ५०० मा भन्दा बढीमा बिक्री गर्दै आएका छन् ।
जानकी –७ का टेकबहादुर चौधरी पेसाले शिक्षक हुनुहुन्थ्यो । उहाँले १७ वर्ष शिक्षण गर्नुभयो । शिक्षण पेसाबाट सन्तुष्ट हुन नसक्नुभएका उहाँले अहिले शिक्षण पेसा छोडेर व्यावसायिक मौरीपालनमा लाग्नुभएको छ । शिक्षण पेसाभन्दा कृषि पेसामा बढी सम्भावना देखेपछि टेकबहादुरले शिक्षण पेसा छोडेर कृषि पेसामा लागेको बताउनुभयो । “मैले कृषिमा सम्भावना देखेकै कारण पनि शिक्षण पेसा छोडेर कृषिमा लागेको हु । मिहेनत बढी छ भने आम्दानी पनि बढी छ ।” उहाँले भन्नुभयो, “अहिले म मौरीपालन व्यवसायमा लागेको छु भने अन्य परिवारका सदस्यहरु कृषिमा लागेका छन् ।”
उहाँले कृषि क्षेत्रमा निकै सम्भावना भएको भए पनि सरकारले उपलब्ध गराउने अनुदान वास्तविक किसानलाई भन्दा पनि आफ्नो नजिककालाई सहयोग हुँदै आएको र कृषि पेसामा नलागेकाले सहयोग पाउँदै आएको गुनासो गर्नुभयो । पछिल्लो समयमा अन्य कृषि पेसासँगै किसानले मौरीपालनलाईसमेत महत्वका साथ लिएका छन् । अन्य कृषि क्षेत्रका लागि आवश्यक मात्रामा बजेट विनियोजन भएको भए पनि स्थानीय सरकारल मौरी पालक किसानका लागि भने भर्खर अनुदानको व्यवस्था गर्न थालेको जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीले जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षमा केही बजेट मौरीपालक किसानका लागि अनुदानको व्यवस्था गरिएको बताउनुभयो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्