×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालिका लघुवित्त वित्तीय संस्थाले गर्यो कमालको प्रगति, खुद नाफामा ८६.१४% ले छलाङ मार्दा प्रतिसेयर आम्दानी कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कालिका लघुवित्त वित्तीय संस्थाले गर्यो कमालको प्रगति, खुद नाफामा ८६.१४% ले छलाङ मार्दा प्रतिसेयर आम्दानी कति ?

९ बैशाख २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दाको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले यस त्रैमासमा ११ करोड १८ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जज गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनाका ८६.१४ प्रतिशतले बढी हो ।अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ६ करोड ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी ४.९७ प्रतिशतले बढेर २१ करोड ९५ लाख ४६ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ८ करोड ३५ लाख ४ हजार रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रोभिजनमा ६ करोड ११ लाख ४६ हजार रुपैयाँ रहेको छ र खराब कर्जा ०.४५ प्रतिशतले घटेर ३.७२ प्रतिशत कायम भएको छ । कम्पनीको  प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९२ पैसाले बढेर ४७ रुपैयाँ ६७ पैसा पुगेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: