कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्गमा आगामी असार मसान्त भित्रमा कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसका लागि आगामी वैशाखको पहिलो हप्तादेखि काम सुरुवात हुने जनाइएको छ ।
अहिले विमानस्थलको टावर, भवन , वरपर माटो काट्ने र नाला बनाउने काम सम्पन्न भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्नबहादुर श्रेष्ठले जानकारी दिनुभयो । “आगामी वैशाख पहिलो हप्तादेखि विमानस्थलको धावनमार्गमा कालोपत्रे सुरु गर्ने गरी काम भइरहेको छ ।” उहाँले भन्नुभयो, “लामो समयदेखि काम नहुँदा अन्यौलमा रहेको विमानस्थल पछिल्लो वर्षमा द्रुत गतिमा काम भएको हो ।”
विमानस्थलसम्म सडक नपुग्नु, विगतको सशस्त्र द्वन्द्व, कोभिडलगायतका कारणले विमानस्थलको काम कछुवाको गतिमा भएको थियो । यस आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीलाई प्राधिकरणले समयसीमा दिएको छ । धावनमार्ग ६९० मिटर लम्बाइ र ६० मिटर चौडाइ रहने छ । विसं २०४२ देखि हालसम्म विमानस्थल निर्माणमा रु ३९ करोड खर्च भइसकेको जनाइएको छ ।
विमानस्थलसम्म निर्माण सामग्री लैजान ठेकेदार कम्पनीलाई समस्या भएको गौरी पार्वती श्याम एण्ड शङ्कर जेभीका प्रतिनिधि कलम केसीले जानकारी दिनुभयो । “कच्ची, अप्ठे्यारो सडक भएकाले निर्माण सामग्री लिन निकै गाह्रो छ ।” उहाँले भन्नुभयोे, “हामीले वैशाखको पहिलो हप्ताबाट धावनमार्ग कालोपत्रे गर्ने तयारी गरेका छौँ । असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।”
सो कम्पनीले कालोपत्रे गर्न, नाला र माटो काट्न रु १३ करोड ८१ लाख ठेक्का लिएको तथा भवन र टावर निर्माणका लागि पिआर इन्फ्रास्टक्चरले रु तीन करोड ४७ लाख ७४ ठेक्का लिएको जनाइएको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्