×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मन्त्रीहरु कमाउ धन्दामा व्यस्त भए, अर्थमन्त्रीका यस्ता गतिविधिले नेपाल कालो सूचीमा पर्ने खतरा बढ्यो’ : खतिवडा

GLOBAL IME BANK
SHREE KESH

‘मन्त्रीहरु कमाउ धन्दामा व्यस्त भए, अर्थमन्त्रीका यस्ता गतिविधिले नेपाल कालो सूचीमा पर्ने खतरा बढ्यो’ : खतिवडा

२७ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेसंगै देशको अर्थतन्त्र अझै मोडमा पुगेको बताएका छन् । आइतबार अर्थतन्त्रको वर्तमान अवस्थाबारे नेकपा (एमाले) ले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले अर्थतन्त्र गम्भीर संकटको मोडमा पुगेका बेला त्यसलाई जोगाउनुको सट्टा मन्त्रीहरुनै कमाउ धन्दामा लागेको बताएका हुन् ।
उनले अहिलेको सरकारले अर्थतन्त्रको अवस्था खराब हुँदासमेत सुधारको मामलामा सिन्कोसम्म नभाँचेको आरोप लगाए । अर्थतन्त्र सुधार गर्ने प्रयास गरिरहेका राष्ट्र बैंकका गभर्नरलाई प्रतिशोधले हटाएको आरोप उनको छ । अर्थमन्त्री जनार्दन शर्माको अज्ञानता र असक्षमताले अर्थतन्त्र झनै खराब अवस्थामा पुगेको उनले बताए ।
पूर्वअर्थमन्त्री खतिवडाले हालका अर्थमन्त्री शर्माले गरेका कार्यले नेपाल अन्तर्राष्ट्रिय अनुगमनमा पर्ने र कालो सूचीमा पर्ने खतरा बढेको बताए । उनले भने ‘स्रोत नखुलेको सम्पत्ति नियन्त्रण गर्नुभन्दा पनि त्यस्तो रकम छुटाउन अर्थमन्त्री आफैं लागेका छन्, यस्तो गतिविधिले हामी अन्तर्राष्ट्रिय अनुगमनमा पर्ने र कालो सूचीमा पर्ने समेत खतरा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: