×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मुलुकको विकास र समृद्धिका लागि उद्योगी व्यवसायीले नेतृत्व लिनुपर्छ’ : अध्यक्ष ओली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘मुलुकको विकास र समृद्धिका लागि उद्योगी व्यवसायीले नेतृत्व लिनुपर्छ’ : अध्यक्ष ओली

Artha Sarokar

२३ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि उद्योगी व्यवसायीहरुले नेतृत्व लिनुपर्ने बताउनु भएको छ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले उद्योग व्यवसायको उन्नति र प्रगति विना मुलुक समृद्ध हुन सक्दैन भन्नुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले हामीले हाम्रो आवश्यकता लागि किन्ने सामान नेपालमा नै बनेको हुनुपर्ने बताउनुभयो । “हामीले कच्चापदार्थ होइन, रुपान्तरित र प्रशोधित गरेको सामान बजारमा पठाउनुपर्दछ”, उहाँले भन्नुभयो, “कच्चा होइन, प्रतिस्पर्धात्मक गर्ने खालको सस्तो र गुणस्तरीय सामान हामीले उत्पादन गर्नुपर्दछ ।”
अध्यक्ष ओलीले आफ्नो पार्टीले राष्ट्रिय आकांक्षा अनुरुप समृद्धि र विकास चाहेको उल्लेख गर्दै यसका लागि उद्यम र उद्योगीलाई सहयोग गर्ने पार्टीको नीति रहेको बताउनुभयो । उद्योगलाई आधुनिकीकरण गर्दा श्रमिकको पनि आधुनिकीकरण गर्नुपर्नेमा बताउँदै उहाँले धितो राखेर मात्र होइन, मानव मस्तिष्कले ऋण पाउनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष ओलीले उद्योग व्यवसायले समाज परिवर्तन गर्नुपर्ने भन्दै उद्योग स्थापना गरेर नाफा कमाउने मात्र होइन, मानवलाई सुखी बनाउने माध्यमका रुपमा हुनुपर्ने बताउनुभयो । उहाँले आफू २०७२ सालमा प्रधानमन्त्री भएपछि देशमा विकासको नयाँ लहर आएको दाबी पनि गर्नुभयो । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी