काठमाडौं । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस अवधिमा १ अर्ब ९० करोड ५३ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ८.०९ प्रतिशतले कम हो । अघिल्लो वर्षको यस अवधिमा बैंकले २ अर्ब ०७ करोड ३० लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यता खुद ब्याज आम्दानी २६.१० प्रतिशतले बढेको छ भने सञ्चालन नाफा ४.६९ प्रतिशतले घटेको छ । यस्तै बैंकको निक्षेप संकलन १.५० प्रतिशतले घटेको छ र कर्जा लगानी १८.१७ प्रतिशतले बढेको छ । बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ७० पैसाले घटेर १६ रुपैयाँ ७९ पैसा पुगेको छ ।