काठमाडौँ । बाग्मती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयले चालु आर्थिक वर्षको फागुनसम्म अर्थात् विगत आठ महिनामा कूल २० प्रतिशत मात्र बजेट खर्च गरेको छ । निर्देशनालयले विगत आठ महिनाको उपलब्ध गराएको प्रगति विवरणानुसार निर्देशनालयका लागि चालु आर्थिक वर्षमा रु ५० करोड ५८ लाख ४८ हजार बजेट विनियोजन भएकामा हालसम्म सो निर्देशनालयले रु १५ करोड ९२ लाख ३५ हजार मात्र खर्च गरेको छ ।
सो निर्देशनालयका लागि मन्त्रालयले दोस्रो चौमासिकका लागि रु १५ करोड बजेट उपलब्ध गराए पनि उक्त अवधिमा रु सात करोड मात्र खर्च भएको निर्देशनालयका प्रमुख रवीन्द्रबहादुर प्रधानले जानकारी दिनुभयो । अर्कोतर्फ सो मन्त्रालयअन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले चालु आर्थिक वर्षको आठ महिनामा ५१ प्रतिशत रकम खर्च गरेको जनाएको छ ।
निर्देशनालयका प्रमुख मुगलप्रसाद शाहका अनुसार मन्त्रालयले रु तीन करोड ९८ लाख बजेट विनियोजन गरिएकामा रु दुई करोड तीन लाख खर्च भएको बताइएको छ । पशुपालनमा लाग्ने रोग र त्यसको विकास तथा विभिन्न औजारलगायत अनुदानमा खर्च भएको उहाँको भनाइ छ । प्रयोगशालाका लागि उपकरण खरिदमा ढिलाइ र कर्मचारी कम भएको समस्याले काम गर्न समस्या भएको शाहले बताउनुभयो ।
उक्त विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा शरणबहादुर पाण्डेले निर्देशनालयहरुको वित्तीय प्रगति कमजोर रहेकाले यसको कामलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । प्रदेशका कृषि र भेटेरिनरी कार्यालय तथा मन्त्रालयबीच समन्वय गरी काम गर्न सकेमात्र उहाँले प्रगति हुने बताउनुभयो । बागमती प्रदेशका विभिन्न स्थानमा देखिएको बर्डफ्लु रोगको नियन्त्रणमा जोड दिइएकोसमेत सचिव डा पाण्डेले जानकारी दिनुभयो । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्