×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

म्याग्दीको कुइनेखानीमा पुग्यो सडक, लागत ९१ लाख १२ हजार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

म्याग्दीको कुइनेखानीमा पुग्यो सडक, लागत ९१ लाख १२ हजार

Artha Sarokar

२४ चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

म्याग्दी । रघुगङ्गा गाउँपालिका–८ को दुर्गम कुईनेखानी गाउँमा सडक पुगेको छ । रघुगङ्गा–६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइनेसम्मको १२ किलोमिटर लामो सडक निर्माण गरिएको हो । थिरबाङ तारेबिसौना मोटरबाटो निर्माण समितिका अनुसार रु ९१ लाख १२ हजारको लागतमा उक्त सडक निर्माण गरिएको हो ।
सडक निर्माण गर्न गण्डकी प्रदेश सरकारको समपूरक बजेटबाट रु ५० लाख र गाउँपालिकाको रु ३३ लाख ५० हजार लगानी भएको उपभोक्ता समितिका अध्यक्ष चबहादुर छन्त्यालले जानकारी दिनुभयो । सडक सञ्जालसँग जोडिएसँगै अब कुइनेबासीलाई सदरमुकाम बेनी पुग्न पाँच घण्टा मात्र लाग्नेछ । बेनीबाट कुइनेसम्मको सडकको दूरी ४२ किलोमिटर छ ।
स्थानीयवासीलाई आवतजावतका साथै कृषि उपज बिक्री वितरण गर्न तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न सहज भएको छ । “सबैभन्दा बढी राहत बिरामीलाई पुगेको छ”, छन्त्यालले भन्नुभयो । सडक स्तरोन्नतिपछि सो सडकमा बाहै्रमास यातायातका साधन सञ्चालन गर्न सकिनेछ । उक्त सडकको हालै नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा र रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले संयुक्तरूपमा उद्घाटन गर्नुभयो ।
कार्यक्रममा सडक विस्तार गर्न रु १२ लाख ६० हजार सहयोग गर्नुभएका गाउँपालिका अध्यक्ष भण्डारी, रु चार लाख ५० हजार सहयोग गर्नुभएका चित्रमान छन्त्याल र रु तीन लाख ५० हजार सहयोग गर्नुभएका थमबहादुर छन्त्याललाई स्थानीयवासीले सम्मान गरेका थिए । -रासस
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी