×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकद्वारा चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कस्तो छ वित्तीय अवस्था ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कुमारी बैंकद्वारा चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कस्तो छ वित्तीय अवस्था ?

७ बैशाख २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस त्रैमासमा १ अर्ब ८० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा अघिल्लो वर्षको भन्दा ०.३२ प्रतिशतले कम हो । अघिल्लो वर्ष यसै अवधिमा बैंकले १ अर्ब ८० करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो

बैंकको यस त्रैमासमा वितरणयोग्य नाफा ११.४७ प्रतिशतले घटेर ८७ करोड १६ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी १५.६२ प्रतिशतले वृद्धि हुँदा सञ्चालन नाफा ०.७७ प्रतिशतले घटेको छ ।

यस्तै बैंकको निक्षेप संकलन १३.४२ प्रतिशत र कर्जा लगानी १३.०८ प्रतिशतले वृद्धि भएको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३४ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ६५ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: