काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दाको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस अवधिसम्म आइपुग्दा ८५ करोड ८९ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा अघिल्लो वर्षको तुलनामा ३३.३१ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकले १ अर्ब २८ करोड ८० लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो
यता सञ्चालन नाफा १ अर्ब २६ करोड ६७ लाख ८३ हजार रुपैयाँ कमाएको छ । जुन सञ्चालन नाफा अघिल्लो वर्षको तुलनामा ३०.१५ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकले १ अर्ब ८१ करोड ३४ लाख ९४ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
यस्तै खुद ब्याज आम्दानी भने ८.६३ प्रतिशतले बढेर २ अर्ब ५५ करोड ५८ लाख १८ हजार रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा ०.३७ प्रतिशतले बढेर १.०८ प्रतिशत पुगेको छ । यसैगरी प्रतिसेयर आम्दानी ९ रुपैयाँ ९१ पैसामा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ८९ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्