×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Q3 Report : लुम्बिनी विकास बैंकको नाफा बढ्यो, प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ २४ पैसा हुँदा अन्य सूचक कस्ता

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

Q3 Report : लुम्बिनी विकास बैंकको नाफा बढ्यो, प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ २४ पैसा हुँदा अन्य सूचक कस्ता

८ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा ५१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा २०.५० प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ४२ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी ३३.५५ प्रतिशतले बढेर १ अर्ब १३ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि २४.८९ प्रतिशते बढेर ७४ करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ २९ पैसाले बढेर २० रुपैयाँ ७३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ २४ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: