तनहुँ । व्यास नगरपालिका–३ देउराली नगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने मादी–सेती नदीमा पक्की पुल निर्माण गर्न थालिएको छ । विसं २०७७ कात्तिक महिनादेखि निर्माण थालिएको उक्त पुल कछुवाको गतिमा निर्माण भइरहेकामा प्रधानमन्त्री शेरबहादुर देउवाले अवलोकन गर्नुभएपछि कामलाई तीव्रता दिन थालिएको हो ।
गत चैत १० गते आठौँ तनहुँ महोत्सव उद्घाटन गर्न आउनुभएका प्रधानमन्त्री देउवाले तनहुँ जलविद्युत् आयोजना र निर्माणाधिन उक्त पुल अवलोकन गर्नुभएको थियो । शिलान्यास गरिएको एक वर्ष बित्दा पनि कामले गति लिन नसकेकामा प्रधानमन्त्रीको अवलोकन पछि निर्माण कार्यलाई तीव्रता दिइएको पुलःनिर्माण व्यवस्थापन समितिका अध्यक्ष बाबुराम बगालेले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश सरकारको रु ३२ करोड ४० लाख सहयोगमा १५५ मिटर लमो र १० मिटर चौडा उक्त पुलको निर्माण अघि बढाइएको हो । पुलको एकातिरको बीस वटा फाइलको काम सम्पन्न गरेर सेन्टर प्वाइन्टको फाइलको काम सुरु गरिएको रसुवा एलिट जेभी कन्ट्रक्सनका प्रतिनिधि जीवन पौडेलले बताउनुभयो । उक्त पुल निर्माण भएपछि झोलुङ्गे पुलबाट मोटरसाइकल गुडाउनुपर्ने बाध्यता अन्त्य हुनेछ ।
त्यसैगरी दमौलीबाट ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिका जान लामो दूरी परेकामा पुल निर्माणपछि जिल्लाको दक्षिण भेगसम्म छोटो दूरीमै यात्रा गर्न सकिनेछ । पुल निर्माण भएपछि नवलपरासीको कावासोती र कालीगण्डकी करिडोरसँग जोडिने हुँदा हजारौं मानिस लाभान्वित हुने विश्वास गरिएको छ । आर्थिक वर्ष २०८०/८१ सम्म उक्त पुलको निर्माणकार्य सम्पन्न गर्नेगरी सम्झौता भएको निर्माण कम्पनीका प्रतिनिधि पौडेलले जानकारी दिनुभयो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्