×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकको खुद नाफामा ७६.९८ प्रतिशतको आकर्षक वद्धि, प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ०४ पैसा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

महालक्ष्मी विकास बैंकको खुद नाफामा ७६.९८ प्रतिशतको आकर्षक वद्धि, प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ०४ पैसा

Artha Sarokar

६ बैशाख २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यसअवधिमा खुद नाफा ७६.९८ प्रतिशतले बढेर ७१ करोड ४२ लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४० करोड ३६ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

साथै यस्तै कम्पनीको इम्पेरिमेन्ट चार्ज ९९.४२ प्रतिशतले घटेर १५ लाख ७९ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ८०.२५ प्रतिशतले बढेर १ अर्ब ९८ लाख १७ हजार रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी १५.६४ प्रतिशतले बढेर १ अर्ब ३४ करोड ९८ लाख ५० हजार रुपैयाँ पुगेको छ ।

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६४ पैसाले बढेर २३ रुपैयाँ ७४ पैसा पुगेको छ र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ०४ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी