×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी लाइफ इन्स्योरेन्सले वैशाख २५ गते बोलायो विशेष साधारणसभा, आइपीओ जारी गर्ने विशेष प्रस्ताव पारित हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

महालक्ष्मी लाइफ इन्स्योरेन्सले वैशाख २५ गते बोलायो विशेष साधारणसभा, आइपीओ जारी गर्ने विशेष प्रस्ताव पारित हुने

Artha Sarokar

९ बैशाख २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको विशेष साधारणसभा हुने भएको छ । कम्पनीको विशेष साधारणसभा वैशाख २५ गते हुने भएको हो । सभा होटल हुकुम दरवार कमलपोखरी काठमाडौंमा बिहान ११ बजे हुने भएको छ । सभामा कम्पनीले पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ ।

सोही पुँजीलाई आधार मानेर कम्पनीले आइपीओ जारी गर्ने भएको छ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पनि पेश हुनेछ । सभामा अन्य जीवन बिमा कम्पनीहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । यस्तै कम्पनीको लागि नियमावली संशोधन गर्ने एजेण्डा पनि छ ।

कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको हो । कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने आइपीओ बिक्रीपछि चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी