काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको भाटभटेनी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत नक्साल, काठमाडौंमा अवस्थित नेपालबाल संगठनलाई फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको छ । बालशोषण र अन्याय निर्मूल पार्दै बाल अधिकार संरक्षण र संवद्र्वनमा टेवा पुयाउने उद्देश्यका साथ स्थापित संगठनमा रहदै आएका फरक क्षमताका बालबालिकाको स्वास्थ्य सुधारमा सजिलोहोस् भन्ने उद्देश्यले बैंकले फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको हो ।
उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका उपाध्यक्ष प्रेम प्रसाद पराजूली र प्रमुखकार्यकारी अधिकृत अजयकुमार शाहले विगत देखिनै बैंकले सामाजिक तथा आर्थिक रुपान्तरणमा विभिन्न कार्यक्रमहरु गरी उदाहरणिय कार्य गर्दै आएकोमा महालक्ष्मी विकास बैंकलाई धन्यवाद ज्ञापन गरे । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्