काठमाडौं । मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दाको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस अवधिमा २ अर्ब १ करोड ४५ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा २.१२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकले १ अर्ब ९७ करोड २७ लाख ५५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यता बैंकको सञ्चालन नाफा ८.२७ प्रतिशतले बढेर २ अर्ब ९९ करोड ९२ लाख ४९ हजार रुपैयाँ पुगेको छ । यस्तै खुद ब्याज आम्दानी ३.२० प्रतिशतले घटेर ३ अर्ब ९५ करोड ७५ लाख ६९ हजार रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ७० पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्