काठमाडौं । तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौंमा सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंक कायममुकायम गभर्नर डा। नीलम ढुङ्गाना कायममुकायम गभर्नर डा। नीलम ढुङ्गाना तिम्सिनाले लघुवित्त ग्रामिण विकासको मूख्य आधार भएको बताइन् । लघुवित्तले गरिव र लक्षित समुदायको आर्थिक पुनरुत्थान गर्न, लैङ्गिक असमानतालाई न्यून गर्न, महिला सशक्तीकरणलाई टेवा दिन र आर्थिक असमानतालाई कम गर्न मद्दत गरेको उनले बताइन् । “लघुवित्तले वित्तीय सेवाबाट वञ्चित रहेका समूहलाई प्रदान गर्ने वित्तीय सेवाहरुलाई जनाउँछ, जसले उनीहरुलाई स्वरोजगारका अवसरहरु विकास गर्न र विभिन्न आय आर्जन गर्ने गतिविधिहरु विस्तार गर्न मद्दत पुयाउँछ” उनले भनिन् ।
लघुवित्तले महिलाहरुको आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका खेलेको उनले बताइन । “पुरुषहरुको अनुपातमा महिलाहरुको रोजगारीलगायत आयआर्जन हुने क्षेत्रमा सहभागिता कम रहेतापनि लघुवित्त वित्तीय संस्थाहरुले ग्रामीण विपन्न बर्गका महिलाहरुलाई उत्पादनशील क्रियाकलापमा संलग्न गराई रोजगारी सिर्जनालगायत ग्रामीण महिलाको उत्थानमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्” उनले भनिन् । समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासको बावजूद मुलुकको कुल जनसंख्याको करिब १८ प्रतिशत हिस्सा अझै पनि गरिबीको रेखामुनि रहेको उनले बताइन् । अझै पनि २० प्रतिशत जनसंख्याको हिस्सा औपचारिक वित्तीय पहुँचभन्दा बाहिर रहेको स्थितिमा लघुवित्त वित्तीय संस्थाहरुलाई गरिवी निवारण, आर्थिक समावेशीकरण र समग्र आर्थिक विकासका लागि प्रभावकारी साधन मानिएको उनको भनाई छ ।
“नेपालमा लघुवित्तको अभ्यास सुरु भएको साढे चार दशकभन्दा पनि बढी भईसकेको छ । यसबीच गरिवी निवारणका धेरै पहल सुरु गरिएतापनि लघुवित्त कार्यक्रम मात्र गरिवी निवारण र ग्रामीण विकासको मुख्य आधार भएको छ ।” कायममुकाय गभर्नर तिम्सिनाले लघुवित्त वित्तीय संस्थाहरुको सेवा देशका ७७ वटै जिल्लामा पुगेको र सञ्चालनमा आएका शाखाको संख्या ४९८५ रहेको जानकारी गराइन् । २०७८ पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरुको कुल सदस्य संख्या ५६ लाख २२ हजार रहेको र त्यसमध्ये पुरुषको संख्या १ लाख ५१ हजार मात्र रहेको उनले जानकारी गराइन । महिलाको संख्या भने ५४ लाख ७१ हजार रहेको छ ।
लघुवित्त वित्तीय संस्थाहरुबाट ऋण लिने सदस्यको संख्या ३१ लाख ७१ हजार रहेको छ, जसअन्तर्गत पुरुषको संख्या ८३ हजार छ भने महिलाको संख्या ३० लाख ८८ हजार रहेको छ । यद्यपी महिलाहरुसंग सम्पत्तिको स्वामित्वको कमी भएकाले महिलाद्वारा विभिन्न व्यवासय थालनी गर्दा आवश्यक हुने कर्जाको धितो समेतको अभाव भएको देखिएको उनले बताइन् । “कुल पुरुषको जनसंख्या मध्ये ५६ प्रतिशत पुरुषहरुको वित्तमा पहुंच रहेको छ भने महिलाहरुको कुल जनसंख्या मध्ये मात्र ३६ प्रतिशत पहुंच रहेको छ । आर्थिक स्रोतमाथि महिलाको पहुँच र नियन्त्रण पनि निकै कम भएको अवस्था छ” उनले भनिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्