काठमाडौँ। नयाँ वर्ष २०७९ को उपलक्ष्यमा मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ क्यापिटलले “आजीवन डिम्याट तथा मेरोशेयर खाता” योजना सुचारु गरेको छ । यस योजना अन्र्तगत रु.१,९९९/- मा नयाँ डिम्याट तथा मेरो शेयर खाता खोल्न सकिने तथा उक्त डिम्याट तथा मेरो शेयर खाता आजीवन नविकरण गर्न सकिने ब्यबस्था गरिएको छ । साथै मुक्तिनाथ क्यापिटलमा पहिला नै डिम्याट खाता खोलिसकेको हितग्राहीहरुले समेत हाल सम्म भुक्तानी गर्न बाँकी रहेको वक्यौता भुक्तानी गरी यस योजनाका सेवाहरु प्राप्त गर्न सक्नेछन । यस योजना अन्तर्गत ग्राहकको डिम्याट तथा मेरो शेयर खाताको नविकरण मुक्तिनाथ क्यापिटलले नै गरिदिने हुनाले हरेक बर्ष नविकरण गर्नुपर्ने झन्झटबाट ग्राहकवर्ग मुक्त हुन सक्नेछन।
यस योजना अन्तर्गत रु.१,९९९/- मा आजीवन डिम्याट तथा मेरो शेयर खाता सुचारु राख्न पाइने, मुक्तिनाथ क्यापिटलले प्रदान गर्दै आइरहेको लगानी व्यवस्थापन सम्बन्धी सेवामा बार्षिक शुल्क छुट पाइने, रु.१,४९९/- शूल्क पर्ने शेयर बजार सम्बन्धी अनलाईन तालिम निःशूल्क प्राप्त गर्न सकिने लगायत एसएमएस तथा ईमेल मार्फत डिम्याट खाता सम्बन्धी जानकारी प्राप्त गर्न सकिने ब्यहोरा क्यापिटलले जनाएको छ । यो योजना २०७९ असार अन्तिम सम्म रहनेछ। ग्राहकबर्गहरुले यो सुविधा मुक्तिनाथ क्यापिटल लिमिटेडको कमलादी, काठमाडौं स्थित केन्द्रिय कार्यालय, मुक्तिनाथ विकास बैंक लिमिटेड तथा लुम्बिनी विकास बैंक लिमिटेडको देशैभर फैलिएको शाखा कार्यालयहरु मार्फत र इसेवाको माध्यमबाट अनलाईन रकम भुक्तानी गरेर समेत यस योजनामा सहभागि हुन सक्नेछन् । मुक्तिनाथ क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरी अन्य मर्चेन्ट सेवाहरु पनि उपलब्ध गर्दै आइरहेको छ । थप जानकारी www.muktinathcapital.com बाट प्राप्त गर्न सकिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्