काठमाडौँ । पूर्वसांसद मञ्च नेपालले सरकारसँग मूल्यवृद्धि नियन्त्रण, दोस्रो स्थानीय तहको निर्वाचनमा स्वतन्त्ररूपमा मतदान गर्न पाउने व्यवस्था गर्नलगायत तीनबुँदे माग गरेको छ ।
मञ्चले आज पत्रकार सम्मेलनको आयोजना गरी आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सर्वभौमसत्ता सम्पन्न नेपाली जनताले मतदान गर्न पाउने अधिकारलाई सुनिश्चित गर्दै स्वतन्त्रतापूर्व मतदान गर्नरगराउन अनुरोध गरेको छ ।
“पेट्रोलियम पदार्थ निर्माण सामग्री दैनिक उपभोग्य सामग्रीलगायतका वस्तुका मूल्य दिनानुदिन अस्वाभाविकरूपले बढी भइरहेको छ, जनता मूल्यवृद्धिको मारमा परेको र विकास निर्माणको काम ठप्प हुने अवस्थामा पुग्न लागेको छ”, मञ्चले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मजदुरको रोजीरोटी गुम्ने सम्भावना देखिन्छ, त्यसैले मूल्यवृद्धि अविलम्ब रोकियोस् ।”
मञ्चले कतिपय स्थानमा विद्युत्को अघोषित विद्युत्भार कटौती भइरहेको हुँदा कलकारखाना बन्द हुने अवस्था आएकाले विद्युत्भार कटौती हुन नदिन व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
संसद्का परामर्श दातृ अङ्गका रूपमा लामो समयदेखि नै कार्य गर्दै आएको छ । मञ्चले संविधान निर्माण एवं कानून निर्माणलगायत विषयमा पूर्वसांसदको अनुभवका आधारमा संसद्लाई परामर्श प्रदान गर्दै आइरहेको छ ।
मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले पूर्वसांसदको अनुभवलाई सरकारले लिएर काम गर्न र जनताको पीर मर्कालाई सम्बोधन गरी तीन माग पूरा गर्न आग्रह गर्नुभयो । उहाँको पदमा भएको बाहेकलाई योग्य नदेख्ने संस्कार अन्त्य गर्नुपर्नेसमेत भनाइ थियो । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्