Skip to content
LAXMI SUNRISE BANK

नबिल बैंकद्धारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा ८.९१ % ले घट्दा अन्य सूचकको अवस्था कस्तो ?

अर्थ सरोकार

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यसअवधिमा ३ अर्ब ३५ करोड २० लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले ३ अर्ब ६७ करोड ९८ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा यस वर्षको नाफा ८.९१ प्रतिशतले कम हो ।

यस्तै कम्पनीको सञ्चालन नाफा ८.७५ प्रतिशतले घटेर ४ अर्ब ७८ करोड २४ लाख ९९ हजार रुपैयाँमा आएको छ । खुद ब्याज आम्दानी भने २९.३० प्रतिशतले बढेर ६ अर्ब ५९ करोड २ लाख ५८ हजार रुपैयाँ पुगेको छ । कम्पनीको खराब कर्जा ०.६६ प्रतिशतले बढेर १.१४ प्रतिशत पुगेको छ र प्रतिसेयर आम्दानी २४ रुपैयाँ ३९ पैसा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK