काठमाडौँ । नेपालमै पहिलोपटक हुन लागेको लेखाव्यवसायीहरुको राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । नेपालमा लेखा व्यवसायीहरुलाई नियमन गर्ने निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को आयोजनामा यहि बैसाख २० र २१ गते दुई दिनगरी आयोजना हुन लागेको सो सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आइक्यानले जनाएको छ ।
झन्डै १००० बढी लेखा व्यवसायीहरु एकै ठाउँमा भेला हुने सो कार्यक्रम कमलादी, काठमाडौँस्थित नेपाल एकेडेमीमा हुन लाग्दैछ । विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुसँग खास बहसको कार्यक्रम सम्पन्न हुने सो कार्यक्रममा १००० बढी सहभागीसँगै विभिन सरोकारवाला निकायका अधिकारीहरुकोसमेत उपस्थिति हुनेछ । दुई दिन सम्पन्न हुने सो कार्यक्रममा सहभागी हुन https://classregister.ican.org.np/mptrf मा क्लिक गर्न सकिनेछ ।
आइक्यानको भूमिकाबारे सरोकारवाला सबैलाई बुझाउन नेपालमै पहिलोपटक यस्तो सम्मेलन हुन लागेको हो । आइक्यानका अनुसार अव हरेक बर्ष यस्तै कार्यक्रम गर्ने योजना आइक्यानले बनाएको छ । यो पहिलो राष्ट्रिय सम्मेलन हो । हामी हरेक बर्ष कार्यक्रम गर्ने तयारीमा छौं । पहिलो सम्मेलन भएकाले यसको खास महत्व छ । यो सम्मेलनले विभिन्न सरोकारवालाहरुलाई आइक्यानको भूमिका र महत्वबारे बुझाउन सक्छौँ भन्ने विषयमा हामी विश्वस्त छौं । आइक्यान अध्यक्षले भने, अहिलेसम्मकै पहिलो भएकोले यो सम्मलेन सबैका लागि विशेष हुनेछ । सो कार्यक्रममा हुने विभिन्न खाले बहसले हामी आइक्यानलाई आम जनतामाझ पुर्याउन सक्छौं भन्ने विश्वासमा छौँ । यसका लागि सम्पूर्ण तयारी सकिएको छ । अव हामी विशेष दिनको पर्खाईमा छौँ ।
सो कार्यक्रममा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायबाट विशेष प्रतिनिधिहरुको सहभागीता हुनेछ भने आइक्यान र सम्बन्धित निकायको सम्बन्ध, र भूमिकाबारे पनि कार्यक्रममा खास चर्चा हुनेछ । कार्यक्रममा मह जोडी अभिनित सिएसम्बन्धि टेलि चलचित्रको पनि प्रिमियर हुँदैछ ।
सो कार्यक्रममा सहभागी हुनका लागि बैसाख १६ गतेसम्म दर्ता हुनेका लागि कर्पोरेट सहभागीहरुको हकमा प्रतिव्यक्ति ५ हजार रुपैयाँ, आइक्यानको सदस्यको हकमा ३५०० र आइक्यानका विद्यार्थीको हकमा २००० शुल्क तोकिएको छ भने बैसाख १६ पछाडी दर्ता हुनेहरुलाई क्रमशस् ६०००, ४०० र २५०० रुपैयाँ शुल्क तोकिएको छ । बैसाख १६ गतेपछाडी लगातार विदा परेकाले कर्पोरेट सहभागीहरुले १६ गतेसम्म नै दर्ता हुनुपर्ने देखिएको छ । कार्यक्रमको तयारी सकिएपनि थप व्यवस्थापनका काममा आइक्यानका कर्मचारीहरु डटेर लागिरहेका छन् । सिए सरोकार डटकममा सो कार्यक्रमको खास कभरेज हुनेछ ।