×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४१.६१ प्रतिशतले वितरणयोग्य नाफा घट्दा एनएमबि बैंकको खुद नाफा ५.९१ प्रतिशतले बढ्यो, प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ २१ पैसा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

४१.६१ प्रतिशतले वितरणयोग्य नाफा घट्दा एनएमबि बैंकको खुद नाफा ५.९१ प्रतिशतले बढ्यो, प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ २१ पैसा

Artha Sarokar

७ बैशाख २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सर्वजनिक गरेको छ । यस अवधिमा बैंकले २ अर्ब ६६ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ५.९१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यस अवधिमा  बैंकले २ अर्ब ५१ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यता बैंकको खुद ब्याज आम्दानी २.७४ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा ४.६४ प्रतिशतले बढेको छ । यस्तै  वितरणयोग्य नाफा भने ४१.६१ प्रतिशतले घटेर १ अर्ब ३२ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।

बैंकको निक्षेप संकलन १२.४३ प्रतिशतले बढ्दा कर्जा लगानी १७.४२ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ०१ पैसाले बढेर १९ रुपैयाँ ३५ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ २१ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी