काठमाडौं । हस्तकलाका बस्तुहरुको निर्यात प्रर्वद्धनका लागि नेपाल चेम्बर अफ कमर्स र नेपाल हस्तकला महासंघबीच सहकार्य हुने भएको छ । व्यापार घाटा न्यूनीकरण र नेपालको अन्तराष्ट्रिय पहिचानका लागि हस्तकलाका सामाग्रीले महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै चेम्बर र महासंघले निर्यात प्रर्वद्धनमा सहकार्य गर्न लागेका हुन् । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले हस्तकलाको निर्यात सहजिकरण, कच्चा पदार्थमा सहकार्य, भन्सारमा देखिएका जटिलता हटाउन महासंघ हातेमालो गरेर अघि बढ्ने बताए ।
महासंघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई जमलस्थित चम्बर भवनमा सोमबार स्वागत गर्दै अध्यक्ष मल्लले नेपालका हस्तकलाका बस्तुहरुको अन्तराष्ट्रिय प्रर्दशनी एवं मेलामा सहभागिताका लागि आफुले सक्दो पहल गर्ने बताए । उनले भने, ‘चरम व्यापार घाटा न्यूनीकरणका लागि बर्तमानको एउटै विकल्प भनेको हस्तकलाका सामानहरुको अन्तराष्ट्रियकरण गरेर निर्यात प्रर्वद्धन गर्नु नै हो ।’ हस्तकलाका उद्योगले व्यापक मात्रामा रोजगारी सिर्जना गुर्नुका साथै सीप, कला कैशलका माध्यमबाट संस्कृतिको संरक्षण र सम्र्वद्धनमा ठूलो सहयोग गर्दै आएको मल्लले बताए । अमेरिका, अधिकांश युरोपेली मुलुक, जापान, चीन, भारत, कोरिया लगायत एसियाली मुलुकमा समेत नेपाली हस्तकलाका सामानहरु निर्यात भईरहेको भन्दै अध्यक्ष मल्लले राज्यबाट सहुलियत प्राप्त हुने हो भने आर्थिक रुपमा धेरै लाभ लिन सकिने बताए ।
हस्तकलाका सामान निर्यातका क्रममा भन्सार सहजीकरण, व्यवसायीलाई राहत उपलव्ध गराउन तथा अन्य नीतिगत सुधारका लागि आफुले पहल गर्ने अध्यक्ष मल्लको भनाई छ । महासंघका अध्यक्ष प्रचण्ड शाक्यले आफुहरुले उत्पादन गरेका हस्तकलाका बस्तुहरुको निर्यातका लागि भन्सार लगायतका ठाउँमा विभिन्न नीतिगत समस्या रहेको सुनाए । निर्यात गर्ने व्यवसायीलाई सरकारले राहतको व्यवस्था गरेपनि बास्तविक व्यवसायीले पाउन नसकेको शाक्यले गुनासो गरे । निर्यात सहजीकरण गरिदिन शाक्यले नेपाल चेम्बर अफ कमर्ससंग आग्रह गरे । जवाफमा अध्यक्ष राजेन्द्र मल्लले हस्तकलाका बस्तुहरुको निर्यात प्रर्वद्धनका लागि आफुले सक्दो पहल गर्ने बताए । आगामी बजेट अघि नै नीतिगत सुधारका लागि सरकारसंग पहल गर्ने चेम्बर र महासंघबीच समझदारी समेत भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्