काठमाडौँ। हाल मुलुकमा तरलताको अभावले अर्थतन्त्रमा शिथिलता देखिएको र व्याजदरमा भएको वृद्धिले लगानीको वातावरणमा ह्रास आएको उल्लेख गर्दै नेपालको वैदेशिक व्यापारमा वढदै गइ रहेको व्यापार घाटालाइ न्युन गर्न बिकाश साझेदार संस्थाहरुले उर्जा,पर्यटन तथा कृषि क्षेत्रलाइ प्राथमिकता दिनु पर्ने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए।
आइएमएफका एशिया प्यासिफिक बिभागका प्रमूख रवर्ट ग्रेगोरीको नेतृत्वमा नेपाल आएको प्रतिनिधि मण्डल र चेम्वर अफ कमर्सका पदाधिकारीहरु वीच आज भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्लले कोभिड-१९को प्रकोपको सन्दर्भमा आइएमएफले प्रदान गरेको सहयोगको लागि धन्यबाद ज्ञापन गर्दैे कृषिलाइ प्राथिमिकता दिन फूड बैंकको व्यवस्था हुनु पर्ने र दोहोरो अंकको आर्थिक वृद्धिको लागि एकल अंकको व्याज दर हुनु पर्नेमा जोड दिए साथसाथै साना तथा मझौला उद्यमीहरुलाई आइएमएफ जस्ता संस्थाहरुबाट सहयोग प्रदान हुनु पर्ने बताए । आइएमएफका मिसन चिफ रवर्ट ग्रेगोरीले नेपालमा ६ महिनाको लागि बिदेशी मुद्राको भण्डार रहेकोले सन्तोषप्रद रहेको बताउदै कोभिड नियन्त्रणको लागि गरिएको प्रयाशको प्रशंसा गर्दै कोभीड प्रकोप पश्चातको नेपालको समग्र आर्थिक परिस्थिति तथा युक्रेनको बिद्यमान परिस्थितिले व्यावसायीक क्षेत्रमा सृजना भएका बिबिध चुनौतिहरुवारे जिज्ञासा राखे। उक्त अवसरमा नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, दीपक मल्होत्रा, दीपक श्रेष्ठ तथा सुरेन्द्र कुमार श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्