×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंकको वित्तीय विवरण सार्वजनिक, खुद नाफा २ अर्ब ४७ करोड हुँदा अन्य सूचकको अवस्था कस्तो ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल इन्भेष्टमेन्ट बैंकको वित्तीय विवरण सार्वजनिक, खुद नाफा २ अर्ब ४७ करोड हुँदा अन्य सूचकको अवस्था कस्तो ?

७ बैशाख २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  बैंकले  यस अवधिमा  २ अर्ब ४७ करोड ७२ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ८४ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा  यस वर्षको नाफा  १२.९९ प्रतिशतले कम हो ।

यता बैंको वितरणयोग्य नाफा पनि  ६५.८९५ ले घटेर ४७ करोड २४ लाख रुपैयाँमा सिमित भएको छ । बैंकको  खुद ब्याज आम्दानी पनि ९.०३ प्रतिशतले घटेको छ भने सञ्चालन नाफा १२.१७ प्रतिशतले  घटेको छ ।

यस्तै  बैंकको निक्षेप संकलन ३.१३ प्रतिशतले बढेको छ र कर्जा लगानी ५.३५ प्रतिशतले बढेको छ  बैंकको  प्रतिसेयर आम्दानी भने  ५ रुपैयाँ ४३ पैसाले घटेर १८ रुपैयाँ ०४ पैसा र  प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ९७ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: