×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट कन्फेरेन्स यहि चैत्र २७ र २८ गते, सेयर बजार, बैंकिङ लगायतका विषयमा वृहत बहस हुने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल इन्भेष्टमेन्ट कन्फेरेन्स यहि चैत्र २७ र २८ गते, सेयर बजार, बैंकिङ लगायतका विषयमा वृहत बहस हुने !

२३ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँमा यहि चैत्र २७ र २८ गते नेपाल इन्भेष्टमेन्ट कन्फेरेन्स २०२२ हुने भएको छ । जानकी ग्लोबल फाउन्डेसनको आयोजनामा सो कन्फेरेन्स  हुने भएको हो । नेपालमा लगानीका विभिन्न आयामहरुलाई सम्बोधन गर्न विज्ञहरु उपस्थित हुने सो कन्फेरेन्समा बैंकिङ, सेयर बजार, हाइड्रोपावर लगायतका विविध विषयमा विभिन्न सेसनहरु संचालन हुनेछन् । यसैबीच मंगरबार पत्रकार सम्मेलन गर्दै फाउन्डेसनले कार्यक्रम बारे विस्तृत जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै फाउन्डेसनकी प्रमुख जानकी गुरुङले नेपालमा युवाहरुको आकर्षण अझै बढेर जानका लागि र नेपालमै लगानीको वातावरण कसरी बनाउन सकिन्छ भन्ने तथ्य बुझाउनका लागि सो कन्फेरेन्सको आयोजना गरिएको बताएकी छिन् । नेपालमा लगानीको सम्भावनाबारे अध्यन गर्न तथा युवाहरुलाई लगानीप्रति आकर्षित गराउन कार्यक्रम फलदायी रहने उनको विश्वास छ ।

कार्यक्रममा सहभागी लगानीकर्ताको अनुभव पनि आदानप्रदान गरिने  उनको भनाई छ । इचैत्र २७ र २८ काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड सभाहलमा कार्यक्रमको आयोजना हुने सो कार्यक्रममा राजनीतिक दलका नेताहरुले पनि नेपालमा लगानीको सम्भावना र चुनौतीबारे प्रकाश पार्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी