×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा सोमबार, १४.७३% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा सोमबार, १४.७३% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने !

Artha Sarokar

१८ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा चैत २१ गते सोमबार हुने भएको हो । सभा होटल भिष्वा, वीरगंज पर्सामा बिहान ९ बजे हुने भएको हो । उक्त सभामा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १४.७३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले १४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
सभामा कम्पनीको हाल कायम पुँजी संरचनामा संस्थापक र सर्वसाधारण सेयरको ६०ः४० को अनुपातलाई ५१ः४९ मा कायम गर्न संस्थापक सेयरलाई साधारणमा परिवर्तन गर्न प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने हुनेछ । यस्तै २०७६/७७ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गर्ने एजेण्डा पनि रहेको छ ।
यसैगरी सभाले २०७७/७८ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक पनि तोक्ने भएको छ । सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते एकदिन बुक क्लोज गरिसकेको छ । तर्सथ चैत ६ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्र लाभांश पाउने भएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी