×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नवराज थापाको अध्यक्षतामा ‘नेप्से कर्मचारी संघ’ गठन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नवराज थापाको अध्यक्षतामा ‘नेप्से कर्मचारी संघ’ गठन

Artha Sarokar

२० चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नवराज थापाको अध्यक्षतामा ‘नेप्से कर्मचारी संघ’ को ट्रेड युनियन गठन गरिएको छ । थापाको नेतृत्वमा उक्त युनियन गत चैत्र १६ गते गठन भएको हो ।
गत पुस ३० गते बसेको नेप्सेका कर्मचारीहरुको भेलाले ट्रेड युनियन गठन गर्ने निर्णय गरेको थियो ।  सोही निर्णय बमोजिम ट्रेड युनियन ऐन २०४९ को दफा ३ को उपदफा (३) बमोजिम प्रतिष्ठान स्तरको युनियन गठन गरिएको हो ।
युनियनको उपाध्यक्षमा मना भुसाल, सचिवमा रमेश प्रसाद लामिछाने, कोषाध्यक्षमा साबित्रा केसी छिन् । सदस्यहरूमा क्रमशः आकृति दङ्गाल, नितु कुमारी यादव र कृपा श्रेष्ठ रहेको अध्यक्ष नवराज थापाले बताए।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी