Skip to content
LAXMI SUNRISE BANK

एनआइसी एशिया बैंकले गर्यो कमालको प्रगति, खुद नाफा १९.९६ प्रतिशतले बढ्दा अन्य सूचकको अवस्था कस्तो ?

अर्थ सरोकार

काठमाडौं । एनआइसी एशिया बैंकले वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको हो । बैंकले यस त्रैमासमा १९।९६ प्रतिशतले खुद नाफा बढाएर ३ अर्ब ६० करोड ४५ लाख ९८ हजार रुपैयाँ पुर्याएको छ ।

अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले ३ अर्ब ४८ लाख १५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी २५.४२ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा १६.३३ प्रतिशतले बढेको छ । यस्तै वितरणयोग्य नाफा भने १ अर्ब ३८ करोड ४५ लाख ६६ हजार रुपैयाँ रहेको छ ।

यता बैंकको रिजर्भ कोष २५.९६ प्रतिशतले वृद्धि भएको छ भने रिटेन्ड अर्निङ ८६.५६ प्रतिशतले वृद्धि भएको छ । बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७ पैसाले बढेर ४१ रुपैयाँ ९४ पैसा पुगेको छ र प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ ११ पैसा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK