×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एशिया बैंकको साधारणसभा आइतबार हुँदै, यस्ता छन् पारित हुने मुख्य एजेण्डाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एनआइसी एशिया बैंकको साधारणसभा आइतबार हुँदै, यस्ता छन् पारित हुने मुख्य एजेण्डाहरु

Artha Sarokar

२० चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआइसी एसिया बैंकको वार्षिक साधारणसभा हुने भएको छ । बैंकको आइतबार चैत २० गते वार्षिक साधारणसभा हुने भएको हो । सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ९ बजे सुरु हुने भएको छ ।

सभामा प्रबन्धपत्र तथा नियमावलीमा समसामयिक संशोधन गर्ने र संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने एजेण्डा पनि रहेको छ । यस्तै स्वतन्त्र सञ्चालकमा विजया स्वारको नियुक्तिलाई अनुमोदन गर्ने विशेष प्रस्ताव पनि रहेको छ । संस्थापक र सर्वसाधरण सेयरधनी समूहबाट ३/३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ ।

कम्पनीले १५ बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका थियो । तर नियामक नेपाल राष्ट्र बैंकले अस्वीकृत गरेपछि प्रस्तावित लाभांश रद्द भएको हो । बैंकले क्यापिटल कन्जर्भेसन बफर पर्याप्त नदेखिएको कारण बैंकको लाभांश प्रस्ताव अस्वीकृत गरेको हो ।

भा प्रयोजनका लागि बैंकले मंगलबार चैत ८ गतेदेखि बुक क्लोज गरेको थियो । तर्सथ चैत ७ गतेसम्म नेस्सेमा कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन पाउने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी