×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार हुँदैछ एनआइसी एसिया बैंकको वार्षिक साधारणसभा, यस्ता छन् पेस हुने एजेन्डा

PRIME CA

आइतबार हुँदैछ एनआइसी एसिया बैंकको वार्षिक साधारणसभा, यस्ता छन् पेस हुने एजेन्डा

१८ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एनआइसी एसिया बैंकको वार्षिक साधारणसभा आइतबार हुने भएको छ । बैंकको सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ९ बजे सुरु हुने भएको हो । नेपाल राष्ट्र बैंकले लाभांश दिने बैंकको निर्णयलाई अस्वीकृत गरेपछि लाभांश प्रस्ताव बिनानै बैंकले साधारणसभा बोलाएको हो ।
राष्ट्र बैंकले क्यापिटल कन्जर्भेसन बफर पर्याप्त नदेखिएको भन्दै लाभांश प्रस्ताव अस्वीकृत गरेको थियो । यस्तै एनआइसीले सभामा प्रबन्धपत्र तथा नियमावलीमा समसामयिक संशोधन गर्ने प्रस्ताव पेस गर्नेछ भने संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र स्वतन्त्र सञ्चालकमा विजया स्वारको नियुक्तिलाई अनुमोदन गर्ने विशेष प्रस्ताव लैजाने भएको छ ।
साथै संस्थापक र सर्वसाधारण सेयरधनीको समूहबाट ३/३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । सभाका लागि बैंकले चैत ८ गतेदेखि बुक क्लोज गर्ने भएकाले चैत ७ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: