काठमाडौँ। नेपाली युवा उद्यमी मञ्च (एन.वाइ.इ.एफ.) उद्यमशीलताको प्रबद्र्धन गर्ने उद्देश्यले स्थापना भएको एक संस्था हो । यस संस्थाले सन् २०१३ देखि महिला–युवा उद्यमी सम्मेलन (वाइइएसडब्लु) आफ्नो एक गौरवशाली कार्यक्रमको रुपमा आयोजना गर्दै आएको छ । सोही अन्तर्गत यही मिति २०७९ वैशाख १० गतेका दिन हायात प्लेश काठमाडौंमा यसै कार्यक्रमको आयोजना गरियोे । उक्त कार्यक्रमको समुद्घाटन माननीय उर्जा मन्त्री पम्फा भुसाल बाट पानसमा बत्ति बालेर भएको थियो । सोहि अवसरमा मन्त्रिका तर्फबाट सम्पूर्ण युवा उद्धमीहरुलाइ बधाई तथा शुभकामना व्यक्त गरेकी थिईन।
सम्मेलनमा कृषि, निर्माण कार्य, घरेलु तथा साना ब्यवसायीे शारिरिक व्यायाम, परामर्शदाता, अनुसन्धान क्षेत्रमा संलग्न यूवा महिला तथा पुरुष उद्यमीहरुको, साथै उद्धमी बन्न चाहने बिधार्थीहरुको पनि सहभागिता रहेको थियोे । यस वर्ष व्यवस्थित र योजनावद्ध वाइ.इ.एस.डब्लू–२०२२ का साथ उक्त कार्यक्रमको नारा “Beyond Barriersˮ राखिएको थियोे । अन्तर्राष्ट्रिय मजदुर संगठन (ILO), राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्स तथा अन्य प्रायोजकद्वारा उक्त कार्यक्रमको प्रायोजन गरी कार्यक्रम सफल बनाइएको थियो । सो कार्यक्रममा १५० भन्दा बढी उद्योगी व्यवसायी, सम्बन्धित क्षेत्रका विज्ञ, नव उद्योग तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा आमाको अचारको तर्फबाट संगिता पाण्डे, महिला उद्धमी महासंघ का अध्यक्ष निरु रायमाझी खत्री, गोल्डस्टारबाट विधुषी राना, एफवान सफ्ट इन्टरनेशनलबाट सुभाष शर्मा, दराज नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आचल कुँवरले आफ्ना अनुभव, कार्यशाला तथा सारगर्भित मन्तव्य व्यक्त गरेकी थिईन। महिला युवा उद्यमीको अगुवाईमा स्टार्टअप तथा नयाँ उद्धमहरुमा बिहे–नेपाल, एडुकेस, माकुसे र सुइरो आदि समेत को सहभागी रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्