×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निफ्राद्धारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा १७.८६ प्रतिशतले बढ्दा अन्य सूचकको अवस्था कस्तो ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

निफ्राद्धारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा १७.८६ प्रतिशतले बढ्दा अन्य सूचकको अवस्था कस्तो ?

९ बैशाख २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दाको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले यस त्रैमासमा ६९ करोड ४५ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जज गरेको छ ।

जुन खुद नाफा अघिल्लो वर्षको तुलनाका १७.८६ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ५८ करोड ९२ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी ३८.०८ प्रतिशतले बढेर १ अर्ब २९ करोड १३ लाख १६ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १८.७३ प्रतिशतले बढेर ८३ करोड ५५ लाख ३९ हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ २९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ५१ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: