Skip to content
LAXMI SUNRISE BANK

एनएमबि बैंकको अगुवाइमा माथिल्लो मोदी ए जलविद्युतमा कर्जा लगानी गरिने

अर्थ सरोकार

काठमाडौं । एनएमबि बैंक लिमिटेड, हाइड्रोइलेक्ट्री सिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड तथा मोदी जलविद्युत कम्पनी लिमिटेडबीच ४२ मेगावाट क्षमताको कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकास्थित माथिल्लो मोदी ए जलविद्युत आयोजनामा लगानी गर्न सर्त तथा समझदारीसम्बन्धी पत्रमा हस्ताक्षर भएको छ ।

यो आयोजनामा एनएमबि बैंकको अगुवाइमा सहवित्तीयकरणअन्तर्गत कर्जा लगानी गर्न समझदारी भएको हो । मोदी जलविद्युत कम्पनीको मुख्य लगानीकर्ता नेपाल विद्युत प्राधिकरण रहनेछ। माथिल्लो मोदी ए जलविद्युत आयोजनाको कुल लागत रु. ९ अर्ब ८ करोड रहने जानकारी गराइएको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी  Environmental and Social Risk Management, 2022 को निर्देशनअनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यसबमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरिसकेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK