×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विप्रेषण आप्रवाहमा सुधार, आठ महिनामा भित्रियो ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

विप्रेषण आप्रवाहमा सुधार, आठ महिनामा भित्रियो ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ

Artha Sarokar

२९ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनासम्म ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ८ महिनामा सो रकम भित्रिएको जनाएको हो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.७ प्रतिशतले कमी हो ।
अघिल्लो महिना माघसम्म भने विप्रेषण आप्रवाह ४.९ प्रतिशतले घटेर ५ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ भित्रिएको थियो । चालु आर्थिक वर्षको पहिलो महिनादेखिनै लगातार रेमिट्यान्स घट्ने क्रममा देखिएको भए पनि ८ महिनासम्म आइपुग्दा भने रेमिट्यान्स बढ्ने संकेत देखिएको छ । यही अवस्थामा रेमिट्यान्स भित्रने क्रम रहने हो भने चैत महिनामा रेमिट्यान्स थप बढ्ने देखिने छ ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २,२७,९०० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८२.९ प्रतिशतले घटेको थियो ।
यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४०.९ प्रतिशतले वृद्धि भई १,७८,२६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.२ प्रतिशतले घटेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी