थम्मन थापा,
म्याग्दी । जिल्लाको अत्यन्तै विकट तथा दुर्गम गाउँ मल्कबाङ, मलम्पार लगायतका अन्य गाउँका स्थानियलाई यस भन्दा अगाडी सञ्चार सेवा नहुँदा निकै कठिनाई झेल्दै आउनु परेको थियो । कुनै जानकारी र सूचना आदान प्रदान गर्न या आफन्तलाई केहि भन्न र सरकारी कामकाज गर्न र गराउन घण्टौं पैदल यात्रा गरेपछि सम्बन्धित ठाउँमै पुगेर मात्र जानकारी हुने गर्दथ्यो । यो क्षेत्रमै मोवाईल सेवा नहुँदा स्थानियले निकै सास्ती खेप्दै आईरहेका थिए तर अहिले नेपाल टेलिकमले आफनो सेवा विस्तार गरेपछि यो समस्या हटेर गएको छ भनें स्थानियबासी पनि खुसी भएका छन ।
नेपाल टेलिकमले धौलागिरी गाउँपालिका वडा नं ५ मल्कबाङको धुरीमा १२ मिटर अग्लो टावर निर्माण गरि टुजी र थ्रीजी सेवा एकसाथ सञ्चालनमा ल्याए सँगै नमस्ते मोवाईल प्रयोगकर्ता लाभान्वित भएका छन । टावर सञ्चालनमा आएपछि धौलागिरी गाउँपालिकाको वडा नं ५ मल्कबाङ, मलम्पार, भेडीखाल्टा, होपा, वडा नं ६ को मराङ, बुल गाउँ, रघुगंगा गाउँपालिकाको वडा नं ८ कुईने खानी, मालिका गाउँपालिकाको वडा नं ७ बिमको अधिकांश भुभागमा कभरेज भएसँगै स्थानिय खुसी भएका हुन । टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्य अनुरुप अत्यन्तै विकट र दुर्गम बस्तीलाई पहिलो प्राथमिकतामा राखेर आफनो सेवा विस्तार र स्तरोन्नती कार्यलाई तीव्र रुपमा अगाडी बढाईरहेको सन्दर्भमा उक्त स्थानमा सेवा सुचारु गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।
स्थानियलाई मध्यनजर गर्दै टेलिकमले अहिले टुजी मार्फत भ्वाईस र थ्रिजी मार्फत भ्वाईस अनि डाटा एकसाथ सञ्चालनमा ल्याएको उनले बताए । शर्माले भने ूम्याग्दी जिल्लाकै निकै दुर्गम र विकट रहेको उक्त स्थानमा मोवाईल सेवा सुचारु भए सँगै पहिले डाँडा तिर पुगेर बल्लतल्ल कुराकानी गर्नुपर्ने, ईन्टरनेटको पहुँच बाहिर रहनुपर्ने बाध्यता हटेको छ। यो क्षेत्रमा पहिले नेटवर्क नै थिएन धेरै भुभाग र बस्तीमा सिग्नल कभरेजमा समस्या थियो त्यसकारण हामीले प्राविधिक रुपमा अध्ययन गरेर सबै बस्ती र भुभाग समेटने गरि यो टावर निर्माण गरि सेवा सुचारु गरेपश्चात अहिले समस्या हल भएको कार्यालय प्रमुख शर्माको भनाई छ ।
आफना पालिकाबासी नागरिकको सूचना र सञ्चारको समस्यालाई मध्यनजर गरि गाउँपालिकाको सहयोग, स्थानियबासी सँग समन्वय र नेपाल टेलिकम सँगको सहकार्यमा स्थायी संरचना निर्माण गरि मोवाईल सेवा सुचारु गर्न सफल भएको धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिईन । टेलिकमले उक्त स्थानमा मोवाईल सेवा सञ्चालन गर्न एक वर्ष पहिले देखि धौलागिरी गाउँपालिका र स्थानिस सँग आवश्यक समन्वय र गृहकार्य गरिरहेको थियो । टेलिकमले उक्त टावरमा डेढ दुई हप्ता भित्र अत्याधुनिक प्रविधीको चौंथो पुस्ताको फोरजी मोवाईल सेवा उपलब्ध गराउन आवश्यक गृहकार्य गरिरहेको जनाएको छ । सेवा नपुगेको ठाउँमा सेवा विस्तार गर्ने र सञ्चालन भएका ठाउँमा आवश्यकता अनुरुप सेवालाई समय सापेक्ष स्तरोन्नती गर्दै लैजाने टेलिकमले जनाएको छ ।
मोवाईल सेवा सुचारु भएपछि पहिले डाँडा तिर धाउनु पर्ने बाध्यता हटेको स्थानिय समाजसेवी अमर छन्त्यालले बताए । भौगोलिक विकटता सँगै सञ्चार सेवा नहुँदा गाउँलेले निकै समस्या झेलेका थिए अहिले घरभित्रै बसेर फोनमा कुराकानी गर्न पाउँदा र मोवाईलमा ईन्टरनेट चलाउन पाउँदा आफुहरु हर्षित भएको धौलागिरी गाउँपालिका वडा नं ५ मलम्पार निवासी घन बहादुर दर्जीको भनाई छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्