×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कर्मचारीहरुले तलव र जेष्ठ नागरिकहरुले भत्ता नपाएमा अनौठो मान्नुपर्दैन, किनकी मुलुक श्रीलंका जस्तै बन्दैछ’ : अध्यक्ष ओली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘कर्मचारीहरुले तलव र जेष्ठ नागरिकहरुले भत्ता नपाएमा अनौठो मान्नुपर्दैन, किनकी मुलुक श्रीलंका जस्तै बन्दैछ’ : अध्यक्ष ओली

Artha Sarokar

२८ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको आर्थिक अवस्था श्रीलंकाको जस्तै बन्न लागेको बताउनुभएको छ । आइतवार नेपाल राष्ट्रिय शिक्षक संगठनको १३औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको अर्थतन्त्र श्रीलंकाको जस्तै बन्न लागेको बताउनुभएको हो । उहाँले केही समयपछि कर्मचारीले तलव पाएनन् र जेष्ठ नागरिकहरुले भत्ता नपाएमा अनौठो मान्नुपर्ने अवस्था नभएको टिप्पणी गर्नुभयो । देशको अवस्था यस्तो हुँदापनि गठबन्धन सरकार एमालेलाई सरकारबाट हटाइयो भनेर आनन्द मानेर बसिरहेको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले एमालेले चुनावको वसन्तको याम पर्खिरहेको भन्दै चुनावपछि एमाले ढुंगाको काप फोरेर उम्रिने बताउनुभयो । उहाँले भन्नुभयो – ‘अहिले अर्थतन्त्र हेर्नुस् त देशको । श्रीलंका बन्न जाँदैछ नेपाल । केही समयपछि तपाईहरुले तनाखा पाउनुभएन भने अनौठो नमान्नु होला । तनाखा दिनसक्ने अवस्था छैन । जेष्ठ नागरिकहरुले भत्ता पाएनन् भने अनौठो नमान्नु होला । दिन सक्ने अवस्था छैन । योजनाहरु, आयोजनाहरु काटिएका छन् । त्यो गठबन्धनमा लागेका त खुशी नै होलान् । देश यस्तो अवस्थामा पुग्दापनि गठेहरु छन् नि आनन्दमा छन् । प्रशन्न छन् । खुशी छन् । किनभने एमालेलाई रोकियो । एमालेलाई सरकारबाट हटाइयो । कतिदिन हटाउने एमालेलाई सरकारबाट ? ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल । नेकपा एमाले त चुनावको वर्षायाम पर्खिरहेको छ । चुनावको वसन्तको याम पर्खिराखेको छ । चुनाव आयो कि एमाले त ढुंगाको काप फोरेर पनि उम्रिन्छ । गठबन्धन केहीपनि होइन ।’
एमाले अध्यक्ष ओलीले गठबन्धनले देशको अर्थतन्त्र ध्वस्त बनाएर देशलाई बर्बाद बनाउदै लगेको बताउनुभयो । उहाँले देश असफल राष्ट्रतिर जाने अवस्था आउन लागेको पनि उल्लेख गर्नुभयो । उहाँले देशमा चरम भ्रष्टता छाएको पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘देश बर्बाद बनाउँदैछन् गठबन्धनवालाहरुले । बर्बाद बनाउँदैछन्, अहिले नै अर्थतन्त्र ध्वस्त भइसक्यो । देश एउटा फेल्ड स्टेट तिर जाने अवस्था आउँदै छ । श्रीलंका कस्तो भइराखेको छ अवस्था ? कोही विदेश जाने कल्पना नगरेहुन्छ किनभने विदेश जान डलर चाहिन्छ, डलर राष्ट्र बैंकले दिन सक्दैन । अहिले देशको पैसा बाहिर बाहिरै गइराखेको छ । कारोबारहरु उतै भुक्तानी हुन्छ । देशभित्र पैसा हुँदैन । चरम भ्रष्टता भएको छ । यो कुरा सरकारमा बस्नेहरु र गठबन्धनवालाहरु बुझेकै छैनन् तिनीहरु त घरमा आगो लगाए । गौँथली माथि उडेको देखेपछि काहाँ बस्छौँ गौथली घुम्छौँ बादलमुनि मायालु भन्दै गाउँदै आफ्नै घरमा आगो लागेको थाहा छैन ।’
उहाँले विद्यार्थीहरुलाई जिवनोपयोगी शिक्षा दिनका लागि शिक्षकहरुलाई आग्रह पनि गर्नुभयो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी