ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध नेपाल निर्माणका लागि निजी क्षेत्रलाई आग्रह गरेका छन् ।
ललितपुर चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले ठूलो राजनीतिक परिवर्तनपछि सार्वजनिक, निजी र सहकारी गरी तीन खम्बे अर्थनीति अबलम्बन गरी देशको आर्थिक विकास गर्र्न सकिन्न भन्ने लक्ष्य लिइएको स्मरण गरे । चेम्बर अफ कमर्सले देशको आर्थिक विकासमा पुयाएको योगदानको कदर गर्दै मन्त्री भुसालले भने “अर्थतन्त्रमा चेम्बरले पुयाएको योगदान सर्हानीय छ, आगामी दिनमा देशको आर्थिक विकासमा सफलता मिलोस् ।”
उनले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने निजी क्षेत्रको सङ्गठन भए उपयुक्त थियो भन्ने आफूलाई लागेको बताए । मन्त्री भुसाले निजी क्षेत्रका जति वटा संस्था भए पनि देशको आर्थिक विकासमा मिलेर र समन्वय गरेर आफ्ना क्रियाकला बढाउने विश्वास व्यक्त गरे । उनले भने , “सबै संस्था मिलेर आपसी सहकार्य गरेर अगाडि बढ्नु हुनेछ भन्ने मैले विश्वास राखेको छु ।”
सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्रका समस्यालाई सरकारले सम्बोधन गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा निरन्तर सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । संस्थाका ललितपुर अध्यक्ष पुष्परत्न शाक्यले स्थानीय र केन्द्रीय सरकारका इकाइमा चेम्बरको प्रतिनिधित्व हुनुपर्ने माग गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्