काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि क्यानाडाका नवनियुक्त राजदूत क्यामरुन डिन म्याकेले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच दुई देशबीच रहीआएको आपसी सम्बन्ध र सहयोगका विविधि विषयमा छलफल भयो ।
सो अवसरमा ऊर्जामन्त्री भुसालले विगतमा क्यानाडाले नागरिक उडड्यन, ग्रामीण तथा पर्वतीय विकास, नवीकरणीय ऊर्जा एवं खाद्य सुरक्षाजस्ता क्षेत्रमा पुयाएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले क्यानाडामा ठूलो सङ्ख्यामा नेपालीको बसोबास रहेको उल्लेख गर्दै जनस्तरीय एवं सांस्कृतिक सम्बन्ध दुई देशबीचको महत्वपूर्ण पाटो भएको स्मरण गरे । नेपालले स्वच्छ ऊर्जाको विकास र व्यापारलाई प्रवद्र्धन गरिरहेको अवस्थामा क्यानडाले आर्थिक एवं प्रविधिक रुपमा सहयोग गर्न सक्ने उल्लेख गर्दै मन्त्री भुसालले भने, “विद्युत खपतका लागि हाल प्रयोग हुँदै आएको पेट्रोलियम सार्वजनिक सवारी साधनलाई विद्युतीय साधनमा रुपान्तरण गर्दै छौँ । विद्युतीय ऊर्जा प्रयोग गरेर रसायनिक मल उत्पादन कम्पनी स्थापना गर्न चाहन्छौँ ।
यी क्षेत्रमा क्यानाडाले आर्थिक तथा प्राविधिक सहयोग गर्न सक्छ ।” मन्त्री भुसालले नेपालको विकासमा क्यानाडाले गर्दै आएको सहयोग निरन्तर रहने विश्वाससमेत व्यक्त गरे । उनले आपसी हितका विषयमा द्विपक्षीय र बहुपक्षीय मञ्चहरूमा नेपाल–क्यानाडा सहकार्य निरन्तर रहनेमा आशा गरे । त्यस अवसरमा राजदूत म्याकेले स्वच्छ ऊर्जाको विकासमा नेपालले प्रशंसनीय काम गरिरहेको उल्लेख गर्दै आफ्नो देशको सरकारी एवं निजी क्षेत्रले सहकार्य गरेर नेपालमा आवश्यक पर्ने प्राविधिक सहकार्य गर्ने बताए । क्यानाडाका निजी क्षेत्रले नेपालका निजी क्षेत्रसँग सहकार्य गर्ने उचित वातावरण सिर्जना गर्न आफूले पहल गर्ने उनले विश्वास दिलाए ।
भेटमा ऊर्जा सचिव देवेन्द्र कार्कीको उपस्थिती थियो । सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात नेपाल र क्यानाडाबीचको सम्बन्ध मैत्रीपूर्ण र सौहाद्र्ध रहँदै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्