×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देशभर इन्धनको हाहाकार हट्यो : पेट्रोलियम पदार्थको बिक्री-वितरण सहज बन्दा पेट्रोल पम्पहरु खाली देखिन थाले

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

देशभर इन्धनको हाहाकार हट्यो : पेट्रोलियम पदार्थको बिक्री-वितरण सहज बन्दा पेट्रोल पम्पहरु खाली देखिन थाले

Artha Sarokar

२१ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । केही दिनदेखि पेट्रोल पम्पमा देखिएको चर्को लाइन हटेको छ । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीचको सहमतिपश्चात् पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनेको हो ।
निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज बनाउने सहमति भएको थियो । सहमति भएपछि पेट्रोलियम बिक्रेताले निगमको डिपोबाट पेट्रोलियम पदार्थ उठाएका थिए । पेट्रोलियम बिक्रेताले कमिशन वृद्धिको माग गर्दै पेट्रोलियम पदार्थको बिक्रीवितरण रोकेका थिए ।
पेट्रोलियम बिक्रेताले इन्धनको बिक्रीवितरण बन्द गर्दा देशभर इन्धनको हाहाकार देखिएको थियो । सरकारी स्वामित्वका पम्पमा सवारी साधनको लामो लाइन लागेको थियो । निगम र व्यवसायीबीच सहमति भएपछि आइतबार बिहानदेखि पम्पले पेट्रोलियम पदार्थ उठाउन थालेका थिए । निगमले आइतबार एक हजार ६०० किलोलिटर पेट्रोल र एक हजार १०० किलोलिटर डिजेल बजारमा पठाएको थियो ।
आज एक हजार १०० किलोलिटर डिजेल र पेट्रोल डिपोबाट वितरण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज भएसँगै पेट्रोल पम्प खाली देखिएका छन् । इन्धन भर्न कुनै पनि पम्पमा लाइन बस्नुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।
निगम र समन्वय समितिबीच पेट्रोलियम बिक्रेता कमिशन र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागका सम्बन्धमा आगामी जेष्ठ १५ गतेसम्ममा सक्ने सहमति भएको थियो । कमिशन र ढुवानी भाडा वृद्धिको माग गर्दै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल एलपी ग्यास उद्योग सङ्घ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले आन्दोलन सुरु गरेको थियो ।
निगमले अघिल्लो महिना पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को नोक्सानी रहेको भन्दै मूल्य बढे पनि बिक्रेताले कसिमन भने नबढाउने निर्णय गरेको थियो । व्यवसायीले डिजेल/पेट्रोल र मट्टितेलको बिक्रीबाट प्रतिलिटरको मूल्यबाट ३.३९५ प्रतिशत कमिसन पाउँदै आएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी