×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : गहुँ काट्न व्यस्त म्याग्दीका किसान, मनै लोभ्याउने गरी ढकमक्क फुले लालीगुराँस

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : गहुँ काट्न व्यस्त म्याग्दीका किसान, मनै लोभ्याउने गरी ढकमक्क फुले लालीगुराँस

Artha Sarokar

२० चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका खेतमा लगाएको गहुँ काटेर थन्काउन व्यस्त रहेका किसानदेखि खोटेहाङ गाउँपालिकाको पर्यटकीयस्थल रोक्सिमभञ्ज्याङको जङ्गलमा मनै लोभ्याउने गरी ढकमक्क फुलेका लालीगुराँससम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका खेतमा लगाएको गहुँ काटेर थन्काउन व्यस्त किसान । म्याग्दीका गाउँघरका किसानलाई गहुँबाली थन्काउने र मकै छर्ने चटारो छ ।

खोटेहाङ गाउँपालिकाको पर्यटकीयस्थल रोक्सिमभञ्ज्याङको जङ्गलमा मनै लोभ्याउने गरी ढकमक्क फुलेको लालीगुराँस । यति वेला  मनै लोभ्याउने गरी जङ्गलभरि गुराँस फुलेको छ ।

नुवाकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–१२ जोड्ने गरेर तादी खोलामा बनाइएको पक्की पुल सञ्चालनमा ल्याउन ग्राभेल गरिँदै । उक्त पुल बनाउँदा गरेको डाइभर्सनले खोलाको बहाब नै परिर्वतन गरेसँगै तीन वर्षदेखि अलपत्र बनेको सो पुल अब खोलाको बहाब सोझ्याएर सञ्चालनमा ल्याउन लागिएको हो । रु १२ करोड लगानीमा बनेको उक्त पुल सञ्चालनमा आएपछि त्रिशूली–ककनी–काठमाडाँै आवतजावत गर्न सहज हुनेछ ।

बैतडीको पाटनमा पाकेको गहुँबाली । पाटन गहुँबाली उत्पादनको पकेट क्षेत्र पनि हो ।

स्थानीय तह निर्वाचनका लागि बैतडीमा म्यादी प्रहरी छनोट गरिँदै । छनोटअन्तर्गत आज अन्तरवार्ता भइरहेको छ ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ कुँइकेल थुम्काका इन्द्रबहादुर कुँइकेल आफ्नो बारीमा कृषि ‘नलेज पार्क’मा शत्रुजीव व्यवस्थापनकाल लागि बनाइएको ‘सोली पासो’का बारेमा जानकारी दिँदै । यहाँ सञ्चालित नलेज पार्कले किसानलाई बाली लगाउन र जैविक विषादी प्रयोग गरी उत्पादन बढाउन सहयोग पु¥याएको छ ।

म्याग्दीको बेनी नगरपालिका– २, गौश्वारमा आगामी वैशाख १ गतेदेखि हुने पञ्चलक्ष्मी महायज्ञका लागि मन्दिर निर्माणमा श्रमदान गर्दै स्थानीयवासी

जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी र ६ दिप्लुङको सिमानामा पर्ने ऐतिहासिक एवम् पर्यटकीयस्थल जन्तेढुङ्गा । हरेक वर्षको वैशाख र मङ्सिरको पूर्णिमाको दिन ठूलो मेला लाग्ने उक्त ठाउँमा सूर्यदेव राजा र भानुमती रानीको जन्ती अलप भएको किम्बदन्ती छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी