×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : कुलोमा माछा मार्दै लमहीका महिला, भीषण वर्षासहितको असिनाले म्याग्दीमा बाली नष्ट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : कुलोमा माछा मार्दै लमहीका महिला, भीषण वर्षासहितको असिनाले म्याग्दीमा बाली नष्ट

Artha Sarokar

२८ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले लमही–३ मा रहेको कुलोमा माछा मार्दै गरेका महिलादेखि म्याग्दीको बेनी रघुगङ्गा गाउँपालिका– ४ दग्नाममा शनिबार र आइतबार दिउँसो परेको असिनाले नष्ट गरेको मकैबालीसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
लमही–३ मा रहेको कुलोमा माछा मार्दै महिला । फुर्सदको समयमा माछा मारेर तरकारीको जोहो गर्ने गर्दछन् ।

म्याग्दीको बेनी रघुगङ्गा गाउँपालिका– ४ दग्नाममा शनिबार र आइतबार दिउँसो परेको असिनाले नष्ट गरेको मकैबाली । भीषण वर्षासहितको असिनाले यहाँ लगाइएको हिउँदैबालीमा क्षति पुर्याएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित कोशी पलारमा किसानले लगाइएको तरकारी खेतीमा बिक्रिका लागि तरबुजा निकालिँदै किसान । अहिले गर्मी बढेसँगै तरभुजाको माग बढेको छ ।

बारर्बिर्दया नगरपलिका–२ जोगीगाँउमाका–४३ वर्षीया दृष्टिविहीन तुलाराम थारु दोरी बाट्दै । जन्मजात दृष्टिविहीन तुलाराम दोरी बाटेर आफ्नो जीविका चलाउँदै आएको छ । उहाँका आर्थिक अवस्था निकै कमजोर र उनी अर्काको घरमा सहार लिएर बस्दै आउनुभएको छ ।

म्याग्दीको बेनीमा सोमबार आगलागी नियन्त्रणको अभ्यास गर्दै सुरक्षाकर्मीहरु । जिल्ला विपद् व्यवस्थापन समितिले सुरक्षा निकायको सहयोगमा आगलागी नियन्त्रणको अभ्यास गरेको हो ।

संखुवासभाको सिमाना निजकै पर्ने ते¥हथुम जिल्लको लालिगुराँस नगरपालिका वडा नं ३ बसन्तपुरमा निर्माण गरिएको लिम्बु जातिको मौतिकता झल्कने घर । पार्क नगरपालिकाको करिब रु १४ लाखमा निर्माण गरिएको हो ।

बर्दियाको बारबर्दिया नगरपालिकामा चिन्की थारुको अध्यक्षतामा बरघरहरुको बरघर ऐन अन्तर्गत पहिलो पटक १५ सदस्यीय नगरस्तरीय चौकीदार समिति गठन गरिएको छ ।

काठमाडौँको मिनभवनस्थित सिभिल सर्भिस अस्पतालमा भिडियो एक्स–रे परीक्षणका लागि लाइनमा राखिएका विरामीका टिकट । बिहान झिसमिसे अध्यारोमा लाइनमा बसेर दिनभरमा पनि पालो नपाउँने विरामीको गुनासो छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी