×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : म्याग्दीमा स्टील ट्रस पुल निर्माण हुँदै ,श्रीकोटमा फुल्यो ढकमक्क कागते फुल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : म्याग्दीमा स्टील ट्रस पुल निर्माण हुँदै ,श्रीकोटमा फुल्यो ढकमक्क कागते फुल

Artha Sarokar

५ बैशाख २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको स्टील ट्रस पुलदेखि बैतडीको श्रीकोटमा ढकमक्क फुलेको कागते फूलसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको स्टील ट्रस पुल ।

बैतडीको श्रीकोटमा ढकमक्क फुलेको कागते फूल ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—६ फुलपाते डाँडामा जौ टिप्दै महिला । विस्तरै जौ खेती गर्न किसानले छोडेसँगै जौ लोप हुँदै गएको छ ।

दाङको दंगीशरण गाउँपालिका–५ मा दीपक बिसीले व्यावसायिक रुपमा गरेको ड्रागनफ्रुट खेती । उहाँले करिब रु एक करोडको लगानीमा दुई विघा क्षेत्रफलमा ड्रागनफ्रुट खेती गर्नुभएको छ ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—६, बतासेडाँडामा लोक्ताबाट निर्मित सुकाएर राखेको नेपाली हातेकागज ।

पोखराको पर्यटकीयस्थल काहुँडाँडामा घोडाबाट पोखरा बजारलाई नियाल्दै आन्तरिक पर्यटक । घोडा व्यवसाय सञ्चालन भएसँगै काहुँडाँडामा पर्यटकको चाप बढेको छ ।

म्याग्दीको मङ्गला गाउँपालिका–२, रणवाङदेखि दरुङ जोड्ने पदमार्ग निर्माण गरिँदै । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत स्थानीयको श्रम परिचालन गरेर पदमार्ग बनाउन लागिएको हो ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी