×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : गहुँ काट्दै कञ्चनपुरका किसान , ट्रयाक खोलेको २६ वर्षपछि कालोपत्रे भयो पुष्पलाल लोकमार्ग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : गहुँ काट्दै कञ्चनपुरका किसान , ट्रयाक खोलेको २६ वर्षपछि कालोपत्रे भयो पुष्पलाल लोकमार्ग

Artha Sarokar

१४ बैशाख २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो रु यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले बेकञ्चनपुर, कैलाली र डडेल्धुराको सीमा क्षेत्रको चुरेमा अबस्थित नायल गाँउका बासिन्दा गहुँ काट्दै गरेको तस्विरदेखि याक खोलेको २६ वर्षपछि कालोपत्रे भएको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्डसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार

कञ्चनपुर, कैलाली र डडेल्धुराको सीमा क्षेत्रको चुरेमा अबस्थित नायल गाँउका बासिन्दा गहुँ काट्दै । नायल क्षेत्र पर्यटकीय क्षेत्रका रुपमा परिचित रहेको छ ।

ट्रयाक खोलेको २६ वर्षपछि कालोपत्रे भएको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्ड ।

तनहुँको घिरिङ गाउँपालिका–३ स्थित मानपुरमा सडक विस्तारका लागि काम गर्दै मजदूर । घिरिङदेखि नवलपुरको डेढगाउँसम्म सडक विस्तारका लागि यो खण्डमा काम भइरहेको छ ।

भक्तपुरको सल्लाघारीमा बेच्न राखिएका खर्बुजा । मौसम अनुसारको प्रायः गर्मी महिनामा खाने खर्बुजा प्रतिकिलो रु ५० मा बेच्ने व्यापारी बताउँछन् ।

कञ्चनपुर, कैलाली र डडेल्धुराको सीमा क्षेत्रको चुरेमा अवस्थित नायल तालमै उम्रेका रुखको रोमाञ्चक दृश्य । यो ताल धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको छ ।

कैलाली, कञ्चनपुर र डडेल्धुराको सीमा क्षेत्र नायल गाँउकी बालिका नजिकैको वन क्षेत्रमा बाख्रा चराएर घर फर्कदैँ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी