×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : भक्तपुरको ऐतिहासिक बिस्का जात्रा अवलोकन गर्दै विदेशी पर्यटक, अपर चमेलिया जलविद्युत आयोजना निर्माण हुँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : भक्तपुरको ऐतिहासिक बिस्का जात्रा अवलोकन गर्दै विदेशी पर्यटक, अपर चमेलिया जलविद्युत आयोजना निर्माण हुँदै

Artha Sarokar

४ बैशाख २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भक्तपुर । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले भक्तपुरको ऐतिहासिक बिस्का जात्राका क्रममा द्यःसँग विईगु कार्यक्रममा तःमारीमा अवलोकन गर्न बसेका विदेशी पर्यटकदेखि  मार्मा गाउँपालिका-२, घट्टेगाडमा निर्माणाधीन ४० मेगावट क्षमताको अपर चमेलिया जलविद्युत आयोजनासम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

भक्तपुरको ऐतिहासिक बिस्का जात्राका क्रममा द्यःसँग विईगु (देवतालाई सगुन दिने) कार्यक्रममा तःमारी (न्यातपोल परिसर)मा अवलोकन गर्न बसेका विदेशी पर्यटक ।

मार्मा गाउँपालिका–२, घट्टेगाडमा निर्माणाधीन ४० मेगावट क्षमताको अपर चमेलिया जलविद्युत आयोजना ।

पाल्पाली ढाका उद्योगमा कार्यरत कामदारहरु । पाल्पामा हाल १५ ढाका कारखाना सञ्चालित छन् । गत फागुन १९ गते पाल्पाली ढाकालाई ब्राण्ड र चैत १२ गते पाल्पालाई ‘ढाका कपडाको राजधानी’ घोषणा गरिएको थियो ।

बिस्का जात्राको आठौँ दिन द्यो स्वगं पूजा ९सगुन जात्रा० का अवसरमा परम्परागत पोशाकमा सजिएर बाँसुरी बजाइ नगर परिक्रमा गर्दै बाँसुरी खलः। आज बिहानैदेखि परम्परागत धिमेबाजा, बाँसुरीबाजा र भजन खलःहरुले नगरका शक्तिपीठ तथा देवीदेवताको परिक्रमा गरी सगुन पूजा गरेर बिस्का मनाउँदैछन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ लालिममा चर्दै गरेका बाख्रा । स्थानीय सरकारले सहयोग गर्न थालेपछि यहाँका युवा बाख्रापालनतर्फ आकर्षित भएका छन् ।

बागलुङको काठेखोला गाउँपालिका–७ रेशको बेँसीफाँटमा पाकेर पहेलपुर भएको गहुँ । रेशमा धान र गहुँको उतपादन निकै राम्रो हुने गरेको छ । यतिबेला यहाँका किसानलाई गहुँ थन्काउने चटारो छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी