×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम बैंकद्धारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कस्तो छ वित्तीय अवस्था ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्राइम बैंकद्धारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कस्तो छ वित्तीय अवस्था ?

७ बैशाख २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्राइम कमर्सियल बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा २ अर्ब ७२ करोड २० लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले  २ अर्ब ८१ करोड ७६ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन  अघिल्लो वर्षको यस वर्षको नाफा ३.३९ प्रतिशतले कम हो ।

बैंकको  वितरणयोग्य नाफा १ अर्ब ४१ करोड ४४ लाख ६ हजार रुपैयाँ रहेको छ । यस्तै खुद ब्याज आम्दानी ५.१९ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा ३.३२ प्रतिशतले बढेको छ । बैंकले निक्षेप संकलन १.२३ प्रतिशतले बढाएको  छ भने कर्जा लगानी १४.२४ प्रतिशतले बढाएको छ ।  यस्तै बैंकको  प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९१ पैसाले घटेर अहिले १९ रुपैयाँ ४५ पैसामा सिमित भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: