काठमाडौं । युवा व्यवसायी राज कार्की ‘राष्ट्रिय युवा उद्यमी’ सम्मानबाट सम्मानित भएका छन् । चन्द्र लोक प्रतिष्ठानले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सुट्मालाका सञ्चालक कार्की सम्मानित भएका हुन् । कार्यक्रमका प्रमुख अतिथि मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले कार्कीलाई सम्मान गरेका हुन् ।
कार्की २०७२ देखि टेलरिङ व्यवसायमा आबद्ध छन् । नरदेवी, काठमाडौंमा उनको श्रीराज कलेक्सन पनि सञ्चालनमा छ ।
नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सचिव समेत हुन् । उनी सामाजिक र व्यावसायिक काममा निरन्तर सक्रिय छन् । ‘राष्ट्रिय युवा उद्यमी’ सम्मान दिलाएकोमा आयोजकप्रति आभार व्यक्त गर्दै कार्कीले उद्यम क्षेत्रमा थप रचनात्मक, सिर्जनात्मक काम गर्न प्रेरणा मिलेको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्