काठमाडौँ । नेपाल राष्ट्र बैंकले १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको हो ।
सो बिल खरिदका लागि सार्वजनिक सुचना गरेको राष्ट्र बैंकले भोलि मंगलबार सबै प्रकारका बिलहरुको बाँडफाँड हुने जनाएको छ । ९१ दिनका लागि ८ अर्ब रुपैयाँ छुट्याइएको छ भने १८२ दिनका लागि २ अर्ब २५ करोड र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल छुट्याइएको छ ।
सार्वजनिक बोलकबालमार्फत बाँडफाँड हुने बिलमा अधिकतम ८५ प्रतिशत खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट र बाँकी १५ प्रतिशत विना प्रतिस्पर्धा बाँडफाँड हुने राष्ट्र बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्