×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चालु आर्थिक वर्षको आठ महिनामा शोधानान्तर घाटा २ खर्ब ५८ अर्ब रुपैयाँ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

चालु आर्थिक वर्षको आठ महिनामा शोधानान्तर घाटा २ खर्ब ५८ अर्ब रुपैयाँ

Artha Sarokar

२९ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले शोधानान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोड रुपैयाँले घाटामा रहेको जनाएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको आठ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै फागुन मसान्तसम्म देशबाट बाहिरिने रकम र भित्रने रकमको अन्तर (शोधानान्तर) स्थिति २ खर्ब ५८ अर्ब ६४ करोड रुपैयाँले घाटामा रहेको जनाएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब १ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको फागुन मसान्तसम्म ५६ करोड ५८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति यस वर्षको ८ महिनामा २ अर्ब १७ करोडले घाटामा रहेको छ ।
फागुन मसान्तसम्ममा चालु खाता ४ खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको यसैअवधिमा चालु खाता १ खर्ब ५१ अर्ब ४२ करोड रुपैयाँले घाटामा रहेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी