×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले गर्यो कमालको प्रगति, खुद नाफामा ७०.२०% ले छलाङ मार्दा प्रतिसेयर नेटवर्थ कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले गर्यो कमालको प्रगति, खुद नाफामा ७०.२०% ले छलाङ मार्दा प्रतिसेयर नेटवर्थ कति ?

१५ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस कम्पनीले यस अवधिमा ५ करोड ५५ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ७०.२० प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ३ करोड २६ लाख ३७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यता कम्पनीको खुद ब्याज आम्दानी ३५.६१ प्रतिशतले वृद्धि हुँदा सञ्चालन नाफा पनि ७४.२२ प्रतिशतले वृद्धि भएको छ । जगेडा कोषमा ६७.०२ प्रतिशतले वृद्धि गरेर १७ करोड ३५ लाख २५ हजार रुपैयाँ पुगेको कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक २८ रुपैयाँ ४९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ७४ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: